`

सेनाको हेलिकप्टरमार्फत गोरखा जाँदै राष्ट्रपति पौडेल

Nepal One HD १२ चैत २०७९ ९:०८
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । उनी दरबार क्षेत्र अवलोकन तथा गोरखकाली मन्दिर दर्शनका लागि त्यहाँ जान लागेका हुन् ।

उनी आज बिहान साढे ९ बजे सेनाको हेलिकप्टरमार्फत गोरखा जाने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनले त्यहाँ पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेछन् । उनी करिब २ घण्टा गोरखामा रहने बताइएको छ ।


प्रतिक्रिया