शेरबहादुर कुँवरको प्रश्न : कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना किन नभएको हो ?

राजनीति

काठमाडौँ – एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभागमा रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ती क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट