`

शेयर बजारमा अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ? : हरि ढकाल

Nepal One HD १२ चैत २०७९ १४:१६
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारमा लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै उनले सरकारमाथि यस्तो प्रश्न गरेका हुन्।

उनले भने, ‘अहिलेसम्म लगानीकर्ताले १४ खर्ब गुमाइसके, अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?’

पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायी भइरहेको सन्ददर्भमा ढकालले सरकारमाथि सवाल गरेका हुन्। 


प्रतिक्रिया