प्रधानमन्त्री प्रचण्डलाई कमल थापाकाे आग्रह : ‘मिटरब्याजी’ पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिनुस्


काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिटरब्याजी पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिन प्रधानमन्त्री सँग अनुरोध गरेका छन् ।
सोमवार बिहान सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले मिटरब्याजी समस्यालाई सधैँको लागि समाप्त गर्न सरकारसँग आग्रह गरे ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिटरब्याज नेपाली समाजमा रहेको शोषण र विकृति हो । यो समस्यालाई सधैँको लागि समाप्त पार्नुपर्छ । ‘मिटरब्याजी’ पीडितहरूको समस्याको स्थायी समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गर्दछु ।’
'मिटरब्याज' नेपाली समाजमा रहेको शोषण र विकृति हो। यो समस्यालाई सँधैको लागि समाप्त पार्नुपर्छ।'मिटरब्याजी'पिडितहरुको समस्याको स्थायि समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' @cmprachanda @PM_nepal_ लाई अनुरोध गर्दछु
— Kamal Thapa (@KTnepal) March 27, 2023