केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो भयो : मेयर शाह


काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् ।
बुधकार काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै शाहले यस्तो बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।
उनले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’
उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’