कांग्रेसले बारा २ मा जसपालाई सघाउने
प्रमुख खबर
काठमाडौँ – नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । आगामी वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने भएको हो ।
यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।
बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ । एमालेले निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
