`

दुर्गा प्रसाईँको दाबी : रास्वपा गगन थापाकै पार्टी हो,ढिलोचाँडो उहाँ पनि रास्वपामा जानुहुन्छ

Nepal One HD १९ चैत २०७९ १७:०३
प्रमुख खबर

काठमाडौं / नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  कांग्रेस महामन्त्री गगनकुमार थापाकै पार्टी रहकाे दाबी गर्नुभएकाे छ । 

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रसाईँले  ढिलोचाँडो कांग्रेस महामन्त्रीद्वय पनि रास्वपामा जाने दाबी गर्नुभएकाे हाेे । ​​​​​​​

उहाँले गगन थापा र विश्वप्रकाश शर्माले स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा पठाएको बताउनुभयाे ।‘अब गगनजी र विश्वप्रकाशजी जानुहुन्छ । यो पार्टी भनेकै गगनजीको पार्टी हो । स्वर्णिमजीलाई त पठाएको हो,’– उहाँले भन्नुभयाे ।  

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ मा गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्मालाई खटाएको छ।


प्रतिक्रिया