`

एमालेले जतिको काम कुनै पनि सरकारले गर्न सकेन : गोकुल बाँस्कोटा

Nepal One HD २२ चैत २०७९ १५:३६
राजनीति

चितवन – नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमालेले सरकारले जतिको काम कुनै पनि सरकारले गर्न नसकेको बताउनु भएको छ।

चितवन क्षेत्र-२ अन्तर्गत कालिका नगरकमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र सम्वृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो।

बाँस्कोटाले भन्नुभयो, ‘७० वर्ष पुगेका वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको हल्लालाई चिर्न महीनाको एक सय रुपैयाँ बृद्धभत्ता दिन एमालेले नै सुरु गरेको हो । एक सय रुपैयाँको बृद्धभत्तादेखि महिलाहरुलाई स्नानियटरी प्याड दिनेसम्मका काम एमालेले नै गरेको हो, छात्राहरु वर्षमा ५२ दिनसम्म विद्यालय जान नसक्ने अवस्थाको अन्त्य एमालेले गरेको देख्नुभएन ?’

उहाँले पहिलोपटक एमालेले ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमार्फत महिलाहरुको सहभागीता बढाउन भूमिका खेलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घाँस काटेर मात्रै बस्ने महिलाहरुलाई राजनीतिक र सामाजिक रुपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुरयाएको हैन ? घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा बदलाव त एमालेलेनै गरेको हो नि !’

नेता बाँस्कोटाले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान फाल्ने महिलाहरुको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताउनु भयो । रवि लामिछानेको पार्टी खहरेको खोला जस्तो भएको संज्ञा दिँदै नेता बाँस्कोटाले खहरेको काम नोक्सान गर्ने मात्रै भएको बताउनुभयो । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्सन गर्नुपर्ने अवस्था आएको बताउँदै नेता बाँस्कोटाले भन्नुभयो, ‘एमालेले उनी भन्दा युवा, यहींका स्थानीय ब्यक्तिलाई उम्मेदवार बनाएको छ ।’

आफू मन्त्री हुँदा ल्याएको आइटी सम्वन्धी विषयेक पास हुन मात्रै दिएको भए १० अर्व राजश्व जोगिने नेता बाँस्कोटाको दावी छ।


प्रतिक्रिया