`

काभ्रेबाट २५ वर्षदेखि फरार अभियुक्त पक्राउ

Nepal One HD २७ चैत २०७९ १८:४९
समाचार

काठमाडाैं, २७ चैत – काभ्रेबाट २५ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । 

जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो । 


प्रतिक्रिया