कोरोना संक्रमणबाट १ जनाको मृत्यु,१ सय २१ जना संक्रमित

NepalOne २९ चैत २०७९ १७:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौं/ आज बुधबार पनि कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार पनि एकजनाको मृत्यु भएको थियो । यस्तै आज थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप ८१ जनाको संक्रमणमुक्त भएका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।


प्रतिक्रिया