दाङमा खोलामा डुबेर १४ वर्षीया चेतनाको मृत्यु

समाचार

काठमाडौं – दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा लसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावत रहेकी छिन् । बिहिबार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा रावतको डुबेर मृत्यु भएको हो ।
खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट