`

पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र भयो : धर्मेन्द्र बास्तोला

Nepal One HD १३ वैशाख २०८० १७:२०
राजनीति

काठमाडौँ – नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताउनुभएको छ । 

बुधबार काठमाडौँमा प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरू एमसिसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाउनुभयो । उहाँले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको सङ्केत उपचुनावको परिणामले गरेको धारणा राख्नुभयो । उहाँले अहिलेको संसदीय प्रणालीले अराजकता र निरङ्कुशता देखिएको र जनतामा वितृष्णा पैदा भएको उल्लेख गर्नुभयो । 

लेखक थपलियाले चरम व्यक्तिवाद हाबी भएर समाज र युवा पङ्क्तिलाई रक्षानमा पुर्‍याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यस विरुद्ध कलम चलाएको बताउनुभयो । 


प्रतिक्रिया