`

नेपाल बार एशोसियन आजदेखी आन्दोलनमा उत्रदै, के के छन् मागहरु ?

Nepal One HD १७ वैशाख २०८० ८:३८
प्रमुख खबर

काठमाडौं – नेपाल बार एशोसियन आजदेखी आन्दोलनमा उत्रने भएको छ । प्रधानन्यायधिस नियुक्तीसहितका माग राख्दै बार आन्दोलनमा उत्रन लागेको हो ।

महासचिव अधिबक्ता अन्जिता खनालले एक सूचना जारी गर्दै बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको बताएकी छिन् ।

बारले सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेको छ । स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधिस नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने माग बारको रहेको छ ।


प्रतिक्रिया