`

‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ : गगन थापा

Nepal One HD २१ वैशाख २०८० १२:१०
राजनीति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् ।

शरणार्थी प्रकरणमा भिआइपी जालो उजागर हुँदै गएका बेला बिहीबार थापाले आफ्नो धारणासामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।’

सो प्रकरणमा अझै अनुसन्धान गरेर सबै दोषीलाई कारबाही गर्न उनको माग छ ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन’, उनले भनेका छन् ।


प्रतिक्रिया