`

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

Nepal One HD २१ वैशाख २०८० १४:५३
राजनीति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबार पुगेका छन् ।

उनीहरुबीच समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भइरहेको जनाइएको छ ।


प्रतिक्रिया