`

सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बजेट अधिवेशन भोलिदेखि सुरु

Nepal One HD २३ वैशाख २०८० ७:३३
प्रमुख खबर

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक (बजेट अधिवेशन) भोलि (आइतबार)देखि सुरु हुदैँछ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गर्नुभएको हो ।  

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दियो। 

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सोअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । 


प्रतिक्रिया