`

विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सांसद सापकोटाको आग्रह

Nepal One HD ४ असार २०८० १७:१७
राजनीति

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरुपमा विदेश नीति सञ्चालन नगरी एकरुपता कायम गर्दै सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग गर्नुभयो ।

उहाँले श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै रोजगारी सिर्जनामा लाग्न सुझाव दिनुभयो । सांसद सापकोटाले नीति तथा कार्यक्रमको मूल मर्मअनुसार बजेटमा सङ्गति मिलाउन र सङ्घीयतालाई प्राथमिता दिन आग्रह गर्नुभयो ।


प्रतिक्रिया