`

हुँदै नभएका वडाको नाममा बजेट, ‍खोलै नभएका ठाउँमा पुल

Nepal One HD ५ असार २०८० १३:३७
प्रमुख खबर

काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको बजेटमा हुँदै नभएको वडामा पुल र करोडौं रकम छुट्टाइएको पाइएकाृे छ । प्रदेशले

आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ल्याएको बजेटमा यस्तो त्रुटी भेटिएको हो ।

हुँदै नभएको वडाका नाममा समेत करोडौँ रकम छुट्याइएको पाइए पछि यो विषय अहिले सामाजिक संजालमा ट्रोलको विषय बनिरहेको छ । गठबन्धन सरकारले हुँदै नभएको खोलामा पुल बनाउने नाममा लाखौँ रकम छुट्याइएको विषय यत्तिखेर आम सर्वसाधरणका लागि हासीमज्जाकको विषय बनेको हो ।

प्रदेश सरकाले मकवानपुरका लागि छुट्याएको बजेट तथा कार्यक्रम विभाजन सूचीमा यस्तो देखिएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौँडा उपमहानगरपालिका २० र २२ वडालाई मोटरबाटोसँग जोड्न पुल निर्माण गर्ने नाममा १ करोड बजेट छुट्याइएको छ। रमाइलो त के भने हेटौँडामा १९ वटा मात्रै वडा छन्, बजेटमा भनिएका वडा अस्तित्वमै छैनन्।

यसरी बजेट छुट्याउँदा ती दुई वडालाई नगरपालिका उल्लेख गरिएको छ। जबकि २०७४ सालमा हेटौँडा उपमहानगरपालिका भएको थियो।

हेटौँडा उपमहानगरपालिका क्षेत्र नम्बर ३ को पोखरेनी कुकरेनीमा पुल निर्माण गर्न भनी ५० लाख बजेट विनियोजन भएको छ। जबकि मकवानपुरमा २ वटा मात्रै निर्वाचन क्षेत्र छन्।

आमभञ्ज्याङ गाविस र गढी गाविस अस्तित्वमै नरहेकोमा तिनको नाममा पनि बजेट छुट्याइएको छ। आमभज्याङ गाविस–३ र गढी गाविस–७ जोड्ने पुल निर्माणका लागि सिमलटार र सामरीमा दुईवटा पुल बनाउने भनिएको छ।


प्रतिक्रिया