मुग्लिन सडक आंशिक रुपमा खुल्यो

भरतपुर । विहीवार दिउँसोवाट अवरुद्ध नारायणगढ–मुग्लिन सडक केहीवेर अघि आंशिक रुपमा खुलेको छ । झरेको पहिरो पन्छाउँदै यातायात चलाउनेगरि आंशिक रुपमा खुला भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । ठूलो पहिरो पन्छाइएको र अहिले झरिरहेको पहिरो पन्छाउदै सडक सञ्चालनमा आएको हो ।

बिहीवार दिउँसो १ः३० वजेबाट सडक अवरुद्ध भएको थियो । पहिरो पूर्णरुपमा सफाभएर दोहोरो यातायात सञ्चालन गर्न अझै समय लाग्ने बताइएको छ । सडकको ३ नम्वर पुल नजिकै गएको पहिरो पन्छाइएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालय भरतपुरबाट दुई स्काभेटर र दुई डोजर सञ्चालनमा ल्याइएको डिभिजन ईन्जिनियर रमेश पौडेलले जानकारी दिनुभयो ।

Reporter