बंकरभित्र रहेका नेपाली विद्यार्थीको इजरायली सेनाद्वारा उद्धार

NepalOne २२ असोज २०८० १७:३९
प्रमुख खबर

हमासको आक्रमणबाट बच्न बंकरमा लुक्दै आएका नेपाली विद्यार्थीको इजरायली सेनाले उद्धार गर्न थालेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको हो । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उद्धार कार्य अघि बढाइएको हो । हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको र बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा रहेका त्यहाँस्थित नेपाली विद्यार्थीले जानकारी दिएका छन् ।
अन्यत्र रहेका विद्यार्थीको पनि खोजी गरी उद्धारको प्रयास अघि बढाइएको छ ।


प्रतिक्रिया