इजरायल द्धन्द्धमा मारिएका नेपालीको शव काठमाडौ ल्याइयो

प्रमुख खबर

काठमाडौ- इजरायलमा हमासका आक्रमणमा ज्यान गुमाएका ४ जना नेपाली विद्यार्थीको शव काठमाडौ ल्याइएको छ ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं ल्याइएको हो । उनीहरुमध्ये आशिष चौधरीको शव भने दिउँसो मात्रै आइपुग्दै छ ।
इजरायलबाट ल्याइएका शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आशिषको शव आएपनि चार वटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।
प्रतिक्रिया
ताजा अपडेट