कोसीमा सत्ता गठबन्धनलाई झड्का, महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी

कोसीमा सत्ता गठबन्धनलाई झड्का, महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी

विराटनगर । कोसीमा सत्ता गठबन्धनले ठूलो झड्का बेहोरेको छ । गठबन्धनबाट महिलातर्फ राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाउँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले भने ४ हजार ९९२ मतभार मात्रै प्राप्त गरिन ।

Reporter