इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ : मन्त्री अर्याल

इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ : मन्त्री अर्याल

काठमाडौँ, ६ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्ना नरहेको बताउनुभएको छ ।

उहाँले, इजरायलमा मेनपावरमार्फत् कामदार पठाउने विषयमा छानबिन थालेको बताउनुभयो । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताउनुभयो । सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले देशमा आन्तरिक रोजगारीको लागि छलफल अगाडि बढाइसकेको बताउँदै यसमा गम्भीर ध्यान गएको बताउनुभयो । यसलाई घोषणा मात्रै सीमित नराखेर टाइमलाइन दिएर पहल गर्ने प्रयास गरेको मन्त्री अर्यालको भनाइ छ ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता रहन्छ । यसलाई कसरी लिएर जाने भनेर विचार गरिरहेका छौँ । यसलाई उत्कृष्ट बनाउनलाई सबैसँग सल्लाह सुझावको अपेक्षा गरेका छौँ ।”

उहाँले सामाजिक सुरक्षामा करारको ४० हजार कर्मचारी आबद्ध गराउने विषयमा बहस चलिसकेको भन्दै त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

nepal one