पाल्पामा पँधेरामा नुहाउन गएकी एक युवतीको हत्या

पाल्पामा पँधेरामा नुहाउन गएकी एक युवतीको हत्या

पाल्पा । पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा १९ वर्षीया पद्मा सुनारको शव मंगलबार साँझ फेला परेको हो ।

मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझ भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको जानकारी दिए । अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ।

Reporter