सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपमा एमेच्योर सद्भाव शीर्ष स्थानमा

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपमा एमेच्योर सद्भाव शीर्ष स्थानमा

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११–अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्। आज २–अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।

भुवनले बुधबार १–अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०–अन्डर २ सय ६ सहित दोस्रो स्थानमा रहेका छन। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।समग्रमा ३–अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन। आज दिनकै उत्कृष्ट ४–अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन। विजयले आज १–ओभर ७३ मा खेल सकाए।आज १–अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २–अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १–ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन। उनले आज ३–अण्डर ६९ को कार्ड तयार पारे।यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २–ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १–अण्डर ७१ र सञ्जयले इभन–पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३–ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन। दुवैले आज ४–ओभर ७६ मा खेल पुरा गरे।लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा सकाए।भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २–ओभर ३८ मा सकाए।दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक–एक सट बचाए।विजयले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक–एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १–ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४–पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले।कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

Reporter