अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बुधबार विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने चेतावनी दिन लाग्नुभएको छ ।

उहाँले आफ्नो अर्को चीन भ्रमणका क्रममा हुने छलफलमा अतिरिक्त क्षमताको जोखिमलाई मुख्य मुद्दाका रूपमा उठाउने र बेइजिङमाथि ‘उक्त मुद्दाको समाधान गर्न आवश्यक कदम चाल्न’ का लागि दबाब दिने योजना बनाइरहनुभएको छ ।

यस वर्ष वित्तमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणको योजना बनाइरहनुभएकी येलेनले यी टिप्पणी जर्जियामा दिने अपेक्षा गरिएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनको ऐतिहासिक मुद्रास्फीति न्यूनीकरण ऐनका फाइदाहरूबारे पनि बताउनुहुनेछ र प्रतिक्रियामा घोषणा गरिएको प्रमुख व्यावसायिक लगानीमाथि प्रकाश पार्नुहुनेछ ।

यद्यपि उहाँको भाषणको केही अंशमा चीनका साथै औद्योगिक क्षमताका अन्य मुलुकहरूमाथि पर्ने प्रभावका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ । येलेनको टिप्पणीअनुसार विगतमा स्टिल र आलुमिनियमजस्ता क्षेत्रमा चिनियाँ सरकारको समर्थनका कारण ‘पर्याप्त अधिक लगानी र अतिरिक्त क्षमता सिर्जना भयो, जसलाई चिनियाँ कम्पनीहरूले कम मूल्यमा विदेशमा निर्यात गर्न चाहन्थे ।’

“यसबाट चीनमा उत्पादन र रोजगारमा सहयोग पुर्याए पनि बाँकी संसारका उद्योगहरूलाई सङ्कुचित गर्न बाध्य बनायो”, उहाँले भन्नुभयो, “अब हामी सौर्य, विद्युतीय सवारी र लिथियम–आयत बेट्रीजस्ता ‘नयाँ’ उद्योगमा अतिरिक्त क्षमता निर्माण देख्छौँ ।”

nepal one