सरकारबाट फिर्ता नभए हानेपाले मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

सरकारबाट फिर्ता नभए हानेपाले मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताएका हुन् ।

उनले चैत्र ३ र ४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र त्यो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गर्ने बताए । बिहीबार बज्राचार्य प्रदेश सरकारमा सामेल भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

Reporter