देउवाद्वारा पार्टीको सहकारी र आदिवासी विभागमा १० सदस्य मनोनित

देउवाद्वारा पार्टीको सहकारी र आदिवासी विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनित गरेका छन् । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनित गरेका हुन् ।

भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाललाई देउवाले सदस्य मनोनीत गरेका हुन् ।साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनित गरेका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो ।

Reporter