भारतमा ट्याक्सी दुर्घटना हुँदा दश जनाको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दश जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।

उनले रामबन क्षेत्रमा भएको दुर्घटनाबाट आफू दुःखित भएको बताउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए ।

Reporter