मुलुकमा उपलब्ध भएको स्रोतको सही ढंगले सदुपयोग गर्न नसकेसम्म समृद्धिको यात्रा अघि बढ्न सक्दैँन : मन्त्री बस्नेत

मुलुकमा उपलब्ध भएको स्रोतको सही ढंगले सदुपयोग गर्न नसकेसम्म समृद्धिको यात्रा अघि बढ्न सक्दैँन : मन्त्री बस्नेत

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा उपलब्ध भएको स्रोतको सही ढंगले सदुपयोग गर्न नसकेसम्म समृद्धिको यात्रा अघि बढ्न नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ग्रीन हाइड्रोजन डायलग कार्यक्रममा मन्त्री बस्नेतले मुलकुमा रहेका स्रोतहरुको सही ढंगले उपयोग गर्नुपर्ने भन्दै यसो गर्न नसकिए देशको समृद्धिको यात्रामा प्रभाव पर्ने बताए ।

मुलुकको आर्थिक बिकासका लागि कस्तो नीति अवलम्वन गछौं भन्ने पनि महत्वपूर्ण कुरा रहेको उनले बताए ।

मन्त्री बस्नेतले जलश्रोत लगाएतका स्रोतलाई आर्थिक बिकासको अभियानमा व्यवस्थीत ढंगले सदूपयोग गर्नका लागि अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

उनले जलवायु परिवर्तनको असर नेपाललाई धेरै परेको अवस्थामा हरित अर्थतन्त्रको प्रसंग नेपालका लागि विशेष सरोकारको बिषय बन्दै आएको उल्लेख गरे ।

Reporter