लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा मन्त्रिपरिषद विस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा मन्त्रिपरिषद विस्तार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री महराले बिहीबार नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट धर्म बहादुर चौधरी र स्वतन्त्र सांसद खडक बस्नेतलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । लुम्बिनीमा मुख्यमन्त्री सहित १० मन्त्रालय छन् ।

यसअघि विनाविभागीय मन्त्री एमालेका चेतनारायण आचार्यलाई अर्थ, माओेवादीका दीपेन्द्र पुनलाई स्वास्थ र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Reporter