शर्मा र अधिकारी सचिव पदमा बढुवा

शर्मा र अधिकारी सचिव पदमा बढुवा

काठमाडौँ, ६ वैशाख ः सरकारले नेपाल प्रशासन सेवा र नेपाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा क्रमशः केदारनाथ शर्मा र बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त तथा बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ । बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

nepal one