गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए । गण्डकीमा ९ वटा मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

Reporter