युक्रेन र रूसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

युक्रेन र रूसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका कारण रूसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् ।रूसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किएभले रूसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका लागि ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।युक्रेनको सुरक्षा सेवा (एसबियु), सेना र सैन्य गुप्तचर निकायको ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, “कम्तीमा तीन वटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ ।

रूसको रक्षा मन्त्रालयले रातिमा आएका ५० वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्को नजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा रहेका छन् ।

रूसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एक इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।“वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरेपनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्याङ्कीमा आगो लागेको छ,” गभर्नर एनोखिनले बताउनुभयो । हालैका महिनाहरूमा रूसी तेल र ग्याँस सुविधाहरूमा युक्रेनी आक्रमणहरू बढेका छन् भने यसलाई युक्रेनले रूसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

nepal one