कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ (भिडियो सहित)

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ (भिडियो सहित)

काठमाडौँँ / कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज साझ नेपाल आउन लागेका हुन् । उनको स्वागतका लागि काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरका साथै दुवै देशको झण्डा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, माइतीघर, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइ गरिएको छ । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Reporter