चलचित्र ‘नमेटिने घाउ’ मा ओलीको अभिनय

चलचित्र ‘नमेटिने घाउ’ मा ओलीको अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रको छायाँकन शुरु गरेका हुन् ।

चलचित्रमा एमाले अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । चलचित्र अभिनेता रमित ढुङ्गाना छन् । केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि अभिनय गरेका थिए ।

Reporter