भारतका परिवहन मन्त्री गड्करीले भने-नेपालीको सुरक्षाका लागि सबै सहयोग हुनेछ


विष्णु गौतम, मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा केही नेपाली संगठनका पदाधिकारीले केन्द्रीय परिवहन मन्त्री नितिन गड्करीसँग भेटवार्ता गरेका छन् । नेपालका लागि सधैं शान्ति समृद्धिको काममा गर्ने मन्त्री गडकरीलाई नेपाली पदाधिकारीले नेपाली टोपी, दोसल्ला र रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । त्यसक्रममा मन्त्री गड्करीले नेपालीहरुलाई हर सम्भव सहयोग र सुरक्षा दिने भरोसा दिलाएका थिए ।
भारत नेपाल मैत्री सम्बन्ध सयौंवर्षदेखि रहिआएको र निरन्तर रहेको उल्लेख गर्दै मन्त्री गड्करीले निकट भविष्यमा पनि सम्बन्ध थप घनिष्ठ रहने बताए ।
उनले दिल्ली–पोखरा बस निकै राम्रो र सुरक्षित रहेको भन्दै यसले दुई देशको घनिष्ठता निकै बढेको बताए । उनले केही बस व्यवसायीले निजी बस चलाउने गरेके र ओभर टेक गर्दा कैयौं नेपालीहरु असुरक्षित र ज्यानको समेत खतरा भएको भन्दै गड्करीले त्यसतर्फ सतर्क अपनाउनसमेत आग्रह गरेका थिए ।
भेटमा संयुक्त महासंघ पदाधिकारी टीमबाट विष्णु काफ्ले, भारतीय कामगारका अध्यक्ष राज ठाकुर र अन्य विशिष्ट पाहुनाहरु को उपस्थिति रहेको थियो ।






