चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने

NepalOne २९ वैशाख २०८२ १२:०९
मनोरञ्जन

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’ भदौ २७ मा प्रदर्शन हुने भएको हो ।

प्रदर्शनको मिति सार्वजनिक गरेसँगै निर्माण पक्षले चलचित्रको फस्र्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर निर्माणपक्षले तीनवटा पोस्टर सार्वजनिक गरेको हो ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।


प्रतिक्रिया