उभौलीको उल्लास

समाज

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू गरेका छन् । ‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व सोमबारदेखि मनाउन सुरु गरेका हुन् ।
भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखीपोटमा कार्यक्रमको आयोजना गरेका छन् ।
काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् । अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन् ।
तस्बिरः हरिराम भेटुवाल/रासस



प्रतिक्रिया
ताजा अपडेट