अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा

समाज

काभ्रे । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग मंगलबार दिउँसोदेखि पुनः संचालनमा आएको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले माम्ती, डालाबेसी र बोक्सी डाँडामा सडकमा क्षति पुर्याएको थियो ।
बाढीले सबैभन्दा बढी क्षति पुर्याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । गत असोज महिनामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बगाएको थियो ।
सडक अवरुद्ध हुँदा बिपी राजमार्ग हुँदै काठमाडौंबाट पूर्व जाने सवारी साधनहरू रोकिएका थिए । बीपी राजमार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट