समाचार

गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

NepalOne
५ जेठ २०८२ २२:०२

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ । देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुनः एक पटक उनको कथा श्रवण गर्ने मौका मिलेको छ । पुनः पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुनेछ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् । देवी प्रतिभाले भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुनः पोखरा जोडिन मन लाग्यो ।

‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ । यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा (प्रतिभा पराजुली) यति बेला अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।


प्रतिक्रिया