समाचार
प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रोकिने बताए । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम तय भएको थियो ।
प्रतिक्रिया