समाचार

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

NepalOne
६ जेठ २०८२ १९:००

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

पौडेल राष्ट्र बैंकका १८औँ गभर्नर बनेका छन् । यसअघि बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककी कामुगभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको थियो ।


प्रतिक्रिया