समाचार
गभर्नरका लागि ३ जनाको नाम सिफारिस

काठमाडौँ । गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि डा.विश्व पौडेल, नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले एक जनालाई गभर्नर नियुक्त गर्ने छ । यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।
प्रतिक्रिया