समाचार

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

NepalOne
६ जेठ २०८२ २१:३६

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समितिको बैठकले ११ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवाको सिफारिसमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ छन् ।


प्रतिक्रिया