समाचार
डा. पौडेलविरुद्धको रिट दर्ता नहुने

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्न आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्लको इजलासले दरपिठ आदेश सदर गरेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटलाई सर्वोच्च प्रशासनले शुक्रबार दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध उनीहरूले सोमबार निवेदन दर्ता गरेका थिए । दरपिठ आदेश सदर भएसँगै पौडेललाई गभर्नर नियुक्तिमा कुनै बाधा नपर्ने भएको छ ।
प्रतिक्रिया