समाचार
भूमिसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा दर्ता गराउन आग्रह गरे ।
प्रतिक्रिया