समाचार

प्रधानसेनापति सिग्देलद्वारा दुई वटा बाहिनीको निरीक्षण

NepalOne
६ जेठ २०८२ २०:४५

काठमाडौँ, ६ जेठ : प्रधान सेनापति अशोकराज सिग्देलले सिराहास्थित २७ बाहिनी र बारास्थित २८ बाहिनी अड्डाको शान्ति कार्य लजिष्टिक शाखा र अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण गर्नु भएको छ ।

त्यसक्रममा उहाँले बाहिनीको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै शिक्षालय तथा शान्तिकार्य लजिष्टिकबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले धनुषाको भिमानस्थित एकीकृत फायरिङ अभ्यासकोसमेत अवलोकन गर्नु भएको थियो ।


प्रतिक्रिया