समाचार
भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव परिवारलाई बुझाइयो

तनहुँ, ६ जेठः यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको छ ।
सोमबार घाँस काट्ने क्रममा लडेर मृत्यु भएका स्थानीय ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव आज परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
वनमा घाँस काट्न गएका दुई महिला अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएको अवस्थामा मृत फेला गर्नुभएको थियो ।
मृतक दुवै जनाको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र भवितव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
प्रतिक्रिया