नवनियुक्त गभर्नरको पहिलो निर्णयः ५०० रूपैयाँ र १ हजार दरका नयाँ नोट छाप्ने
अर्थ समाचार

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ लिएलगत्तै नवनियुक्त गभर्नर पौडेलले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्दै गभर्नर पौडेलले ५०० रूपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । त्यसअघि शपथपछि उनले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका थिए ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
प्रतिक्रिया